अबदेखि नागरिकतामा अपमानजनक नाम राख्न नपाइने, भएकाले सच्याउन पाउने (हेर्नुहोस्  विज्ञप्ति)

काठमाडौं, साउन २३ ।  सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता जारी नगर्ने भएको छ । आज गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर अपमानजनक शब्दको प्रयोग गरेर नागरिकता जारी नगर्ने जनाएको हो ।

साथै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन दिइने भएको छ ।

पछिल्लो समय नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता जारी भएका समाचार बाहिरिएपछि गृह मन्त्रालयले अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको बताएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको पनि बताए ।

पहिले नै अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित व्यक्तिलाई सच्याउन दिने व्यवस्था पनि मिलाइएको पनि पोखरेलले जानकारी दिए ।

विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकतामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग भएको समाचार सार्वजनिक भएपछि गृहले अबदेखि त्यस्तो हुन नदिने बताएको हो ।

हेर्नुहोस्  विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्