आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौं, साउन २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको हक र अधिकारको सुनिश्चितताका लागि सरकार सदैव प्रतिवद्ध रहेको बताएका छन्।
२८ औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको हक र अधिकारको सुनिश्चितताका लागि सरकारले सदैव सकारात्मक भूमिका खेल्ने बताएका हुन्।
उनले भने, ‘सरकारले आदिवासी जनजातिको हितका लागि महत्वपूर्ण कार्य गर्दै आएको छ। भाषा संस्कृतिको संवर्द्धन गर्ने कार्य मेरै नेतृत्वको सरकारले गरेको पनि जानकारी गराउन चाहन्छु।’ देउवाले समावेशीकरणको नीतिलाई प्राथमिकता दिइएको बताए।
आदिवासी जनजातिको परम्परागत ज्ञान सिप र अनुभवलाई प्राथमिकता दिने नीति लिइएको बताए। नेपालको विकासमा आदिवासी जनजातिको भूमिका अग्रणी रहेको बताए। देउवाले भने, ‘नेपाल बहुजाति बहुभाषी, बहुसांस्कृतिक मुलुक हो। विविधताभित्रको एकताले देश समृद्ध भएको छ।’














प्रतिक्रिया दिनुहोस्