माछापुच्छ्रे बैंकद्वारा जेष्ठ नागरिक तथा नव पुस्तकालयलाई २५ थान कुर्सी हस्तान्तरण

काठमाडौं, २२ साउन । माछापुच्छ्रे बैंकले नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रलाई २५ थान कुर्सी हस्तान्तरण गरेको छ ।
बैंकले काठमाण्डौको सुकेधारा स्थित नवटोल सुधार समिति, नयांकोलोनी सुकेधाराको सक्रियतामा स्थापित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रलाई २५ थान कुर्सी हस्तान्तरण गरेको हो ।

नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकद्वारा जेष्ठ नागरिक तथा नव पुस्तकालयलाई २५ थान कुर्सी हस्तान्तरण बैंक सञ्चालक समितिका सदस्य जय मुकुन्द खनाल, हरि भक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको जनाएको छ ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि विभिन्न संघ/सस्थाहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
माछापुच्छ«े बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेव प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्