बजेट प्रकरणः एमालेले भन्यो- अर्थमन्त्रीमाथि अपुरो अनुसन्धान र निष्कर्ष पनि अधुरै आयो
काठमाडौं, साउन २२ । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले अपुरो अनुसन्धान गरेको आरोप लगाएको छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले अनुसान्धान नै अधुरो भएकाले निष्कर्ष पनि अधुरो आएको बताएका हुन्।संसदीय विशेष समितिका सदस्य समेत रहेका ज्ञवालीले अर्थमन्त्रीमा शर्मा पुनस् नियुक्त भएपछि अर्थ मन्त्रालयमा जान कोहि पनि तयार नभएको बताए।
तथ्यमा आधारित भएर संसदीय छानबिन समितिले निष्कर्ष निकाल्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ। त्यसैगरि सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका छन् । उनले नियमित सरकारले जस्तो संसदलाई बिजनेस दिने विषय अनुचित भएको बताए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद ज्ञवालीले निर्वाचन घोषणा हुनु संवैधानिक विषय भएको र निर्वाचन घोषणालगत्तै कामचलाउमा परिणत भएको सरकारले नियमित जसरी अगाडि बढ्न नहुने बताए ।















प्रतिक्रिया दिनुहोस्