९ दिने अस्ट्रेलिया भ्रमण सकेर फर्किए प्रधानसेनापति शर्मा

काठमाडौँ ,साउन २१ । प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता भएका छन्। ९ दिन लामो अस्टे«लिय भ्रमण सकेर उनी शुक्रबार स्वदेश फर्किएका हुन्।

अस्ट्रलियाको सिड्नीमा अयोजित कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को निर्णयबाट प्रधानसेनापति शर्मा गत १२ साउनदखि ९ दिने भ्रमणमा निस्किएका थिए।

स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले विमानस्थलमा स्वागत गरेका थिए। प्रधानसेनापति शर्माको सम्मानमा आइतबार जंगी अड्डामा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ।

प्रधान सेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएको नेपाली सेनाले जानकारी दिएको छ।

‘यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्‍भावमा थप विस्तार हुन गई सैनिक कुटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्