नदिहरुमा बाढीको त्रास,सतर्क रहन सुझाव
काठमाडौं, साउन २१ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि विभिन्न प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
यसैबिच, जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । त्यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै विभागले सतर्क रहन सुझाव दिएको हो ।
प्रतिक्रिया दिनुहोस्