गठबन्धनका दलहरूले चुनावमा तालमेल गर्नु संविधान विपरीत : नेता रावल

काठमाडौं, साउन २० । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य डा। भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आउँदो चुनावमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् ।  आज शुक्रवार काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताएका हुन् ।

जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको उनको भनाइ रहेको छ ।  यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन दिशातर्फ धकेल्ने उनले औंल्याएका छन् ।

नेता रावलले नेकपा एमालेको समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरूलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्