अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य छैन: अध्यक्ष ओली

काठमाडौँ, साउन २० । एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताएका छन् ।

शुक्रबार एमालेको कार्यशाला गोष्ठीमा ओलीले यस्तो बताएका हुन् । उनले सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै शीर्ष नेताहरूप्रति कटाक्ष गरेका हुन् ।गोष्ठीमा ओलीले प्रमुख नेताहरूप्रति कडा आलोचना गर्दे उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए ।

‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौँ । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।

उनले इतिहासमै अहिले जस्तो राज्य संयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्