साफ च्याम्पियनसिपको फाइनल खेल आज हुने

काठमाडौं, साउन २० ।  भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने फाइनलमा आयोजक राष्ट्र भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । साविक विजेता भारत घरेलु भूमिमा उपाधि राख्न चाहन्छ । यता, बंगलादेश पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।

अपराजित रहेको बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्