माओवादी अध्यक्ष प्रचण्ड आज जापान जाने , के छ भ्रमण कार्यक्रम ?

काठमाडौं, साउन २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाने भएका छन् । आज राती साडे १० बजे प्रचण्ड जापान प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन्‌ । प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको बताइएको छ । जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन ।

उनी साउन २५ मा स्वदेश फर्किने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्