गगन थापा र बालेन्द्र शाहबीच भेटवार्ता , फोहोर व्यवस्थापनबारे यस्तो भयो छलफल
काठमाडौं, साउन १९ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
उनीहरुका बीचमा बुधबार भेटवार्ता भएको हो। यद्यपि, महामन्त्री थापाले बिहीबार अपरान्ह मात्रै भेटवार्ताका क्रममा कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
तस्बिरसँगै उनले भेटवार्तामा काठमाडौँको फोहोर–मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएको उल्लेख गरेका छन्। महामन्त्री थापाले काठमाडौँ महानगरको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने पनि बताएका छन्।
काठमाडौँको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भएको थापाले बताएका छन् ।
‘हिजो काठमाडौं महानगर प्रमुखज्यूसँग काठमाडौंको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौंको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ,’ उनले भने ।
काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने पनि उनले बताएका छन् । यता काठमाडौंमा फोहोर अझै पनि उठ्न सकेको छ्रन् ।
प्रतिक्रिया दिनुहोस्