एसपीपी रद्दबारे अमेरिकालाई पठाएको पत्रसहित पुनः उपस्थित हुन परराष्ट्र मन्त्रीलाई निर्देशन

काठमाडौं, साउन १९ ।  संसदीय समितिले सरकारले रद्द गरेको भनिएको अमेरिकी साझेदारी कार्यक्रम (एसपीपी) पत्र र अमेरिकी सरकारलाई पठाएको पत्रको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ ।

आज (बिहीबार) संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्र मन्त्री नारायण खड्का, कार्यवाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको हो ।

समिति सभापति निरादेवी जैरुले सरोकारवालालाई तत्काल उपस्थित हुन निर्देशन दिएक हुन् । उनले भनिन्, ‘एसपीपी रद्द गरेको पत्र र अमेरिकी सरकारलाई पठाएको दस्तावेज समितिले अध्ययन गर्न खोजेको छ । परराष्ट्र मन्त्री, प्रधानसेनापति, रक्षा सचिवलाई दस्तावेजसहित उपस्थित हुन निर्देशन दिन्छु ।’

यसअघि पनि समितिले परराष्ट्रमन्त्रीसहित सरोकारवालालाई पत्रसहित उपस्थित हुन निर्देशन दिएको थियो । तर, परराष्ट्रमन्त्रीले व्यस्तताका कारण उपस्थित हुन नसकेको समितिलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्