मंसिर ४ को चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुल्ने
काठमाडौं, साउन १९ । सरकारले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलाउने भएको छ। सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउन लागिएको हो।
चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ। म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छन्।
म्यादी प्रहरीमा विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजाने र पूर्वसुरक्षाकर्मीहरुले प्राथमिकता पाउने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्