निर्वाचनको मिति घोषणा स्वाभाविक भएको ओलीको टिप्पणी, गरे स्वागत

काठमाडौं, साउन १९ ।  एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् ।

बिहीबार उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै सो अभिव्यक्ति दिएका हुन् । ‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं,’ ओलीले भने ।

साथै ओलीले सरकारले मंसिर ४ गते चुनाव घोषणा गरेकोमा स्वागत गरेका छन्। नेपालस्थित विदेशी सञ्चार माध्यम र परराष्ट्र मामिला हेर्ने पत्रकारहरुलाई सम्बोधन गर्दै चुनाव घोषणा गरेकोमा उनले स्वागत गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्