जब नेपालगन्जमा श्री एयरको जहाज भित्र धुवा निस्केपछि…

काठमाडौं, साउन १९ । श्री एयरको जहाज भित्र धुवा निस्केपछि आकस्मिक अवतरण गरिएको छ। नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको ९एन-एएनएफ कलसाइनको जहाज आकस्मिक अवतरण गरिएको हो।

बिहीबार बिहान सवा ९ बजेका लागि उडेको उक्त जहाज भित्र एक्कासी धुवाको मुस्लो निस्केपछि आकस्मिक अवतरण गरिएको श्री एयरका नेपालगन्ज स्टेशन प्रमुख पर्सुराम चौधरीले जानकारी दिए। उक्त जहाज नेपालगन्ज बिमानस्थलबाट उडेको करीब ७ मिनेटमै आकस्मिक अवतरण गरिएको उनले बताए।

उनका अनुसार जहाजमा ७९ जना यात्रु सवार थिए। उनीहरु सबै सकुशल छ्न। तर यात्रुहरु केहिबेर आतिएका थिए भने सबैको भागाभाग पनि भएको थियो ।

जहाज अहिले नेपालगन्ज बिमानस्थलमा राखिएको छ। काठमाडौबाट प्राबिधिक सहितको टोली आएर चेकजाँच गरेपछि मात्र कारण पत्ता लाग्ने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्