सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

काठमाडौं , साउन १९ । नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव जारी छ। बुधबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको छ। बुधबार ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य स्थिर छ। आज चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्