चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु

काठमाडौं, साउन १८ । चीनको दक्षिणपूर्वी जियान्सी प्रान्तको एक बाल गृहमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार आज बिहान १० बजे एन्फु काउन्टीको निजी बाल गृहमा सो हमला भएको थियो ।मास्क लगाएका ४८ वर्षीय संदिग्ध सो बाल गृहमा प्रवेश गरेर चक्कु प्रहार गरेका थिए ।

संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।यद्यपि मारिनेमा को थिए भन्नेबारे प्रहरीले केही खुलाएको छैन् ।

प्रतिक्रिया दिनुहोस्