काँग्रेसले विगतदेखि नै देशभक्त नागरिकमाथि दमन गर्दै आएको छ : अध्यक्ष ओली

काठमाडौं, साउन १७ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले मति परिवर्तन नगरेको बताएका छन्।

काँग्रेसले विगतदेखि नै देशभक्त नागरिकमाथि दमन गर्दै आएको पनि बताएका छन्।

तुलसीलाल अमात्यको २५औँ स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसले विगतदेखि नै देशभक्तहरुको हत्या गर्ने काम गर्दै आएको बताएका छन्।

कांग्रेसको मति त्यस बेलादेखि अहिलेसम्म परिवर्तन नभएको पनि अध्यक्ष ओलीले बताए। ‘त्यस बेलादेखि अहिलेसम्म कांग्रेसले मति परिवर्तन त गरेको छैन,’ उनले भने।

विदेशी सेनालाई लिएर दमन गर्ने, गिरफ्तार गर्ने मान्छे कुटपिट गर्ने काम नेपाली कांग्रेसले नै गरेको अध्यक्ष ओलीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्