राजेन्द्र लिङ्देन भन्छन्- स्वतन्त्र चुनावी सरकार गठन गरौँ

काठमाडौं, साउन १७ । सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न सुझाएका हुन् ।

‘निर्वाचन घोषणा पछि पनि संसद्लाई निरन्तरता दिने होइन बरु निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भनेका छन् ।

गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वास छ भन्ने देखाउन पनि वर्तमान सरकार विघटन गरेर नयाँ चुनावी सरकार गठन तर्फ अघि बढ्नु पर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्