छाता ओढेरै एमालेले गर्यो काठमाडौंमा महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन (फोटो फिचर )
काठमाडौं, साउन १६ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले काठमाडौंमा महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज सोमवार एमालेले विरोध प्रदर्शन गरेको हो ।
जनप्रदर्शनमा पार्टीका काठमाण्डौ उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसद, पार्टीको केन्द्रीय विभागको सहभागिता रहेको थियो ।
प्रदर्शनमा सहभागीहरूले विभिन्न ब्यानर, ग्यास सिलिन्डर बोकेर विरोध जनाएका छन् । प्रदर्शनकारीहरूले परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए ।
विरोधका क्रममा वर्षा भएपनि त्यसलाई छाताले छेल्दै प्रदर्शनकारीहरू सहभागी भएका थिए। महँगीको मारमा भने जनता परेका छन् । बजारमा हरेका चिज छोइनसक्नु रहेको छ पछिल्लो समय । यसका सरकार र राज्यको ध्यान जान आवश्यक रहेको छ । यसको विरद्ध एउटा एमाले मात्रै नभएर आम जनतानै सडकमा आउन पर्ने हुन्छ ।
हेर्नुहोस् तस्बिरहरु:
-1659349975.jpg?p=768&s=ebf18c861208595dfa2a9244ff236e14)
-1659349974.jpg?p=768&s=0366d20b3bf2b621fad197dfacae0558)
-1659349974.jpg?p=768&s=b173f7e28b9e374707a7eedc440059b4)
-1659349973.jpg?p=768&s=746e35301c3abaf76898152ac7722d2a)
-1659349973.jpg?p=768&s=7ebad75c755a0ce69386466938290103)
-1659349975.jpg?p=768&s=d35c9d44236d7e21843725ef4d0fa2d0)
-1659349974.jpg?p=768&s=995afbc44aa89fcc1e4e625eabe184a5)
-1659349973.jpg?p=768&s=9ecbb5a887ad173970de580b7cfcff7f)
-1659349973.jpg?p=768&s=6333887358952356f1c0f0342f6db232)
-1659349974.jpg?p=768&s=6bd48740c69b254360085050f7042d34)
-1659349974.jpg?p=768&s=e5f856b02e0d440ab9af6dfff03da03a)
-1659349972.jpg?p=768&s=2efaa823010b265a986025d5fc3a0aef)














प्रतिक्रिया दिनुहोस्