नेपाल जागरण मिडियाका अध्यक्ष धमला सम्मानित

काठमाडौं, साउन १६ । नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमला सञ्चार उद्यमी सम्मान २०७९द्धारा सम्मानित भएका छन् ।
अध्यक्ष धमलालाई निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा ताम्रापत्रसहित सम्मान गरेका हुन् ।

बिगत दुईदशकदेखि नेपाली पत्रकारीता जगतमा धमला सक्रिय रहेका छन् ।बिभिन्न सञ्चारमाध्यममा काम गदै पत्रकारीतामा दुई दशक बढी योगदान दिएका धमला अहिले नेपाल जागरण मिडियाका अध्यक्ष पदमा रहेर काम गरिरहेका छन् ।

विगत लामो समयदेखि संचारकर्मी तथा समाजसेवीको रुपमा अत्यन्त निष्ठा र समर्पणका साथ निरन्तर सक्रिय छन् पत्रकार धमला ,
विभिन्न राष्ट्रिय सञ्चार माध्यम मार्फत सहि सुचना र समाचार प्रशारण गरि राष्ट्र विकास तथा सामाजिक सेवामा पुर्‍याउनु
भएको प्रशंसनीय एवं अतुलनीय योगदानको उच्च मुल्याङ्कन गर्दै निगरानी दैनिक मिडियाले उनलाई सम्मान गरेको हो ।

साथै आगामी दिनको भविष्यमा पनि पत्रकारिता मार्फत समाज सेवा र देशको हकहितका लागि एउटा खम्बा भएर अगाडि बढ्न प्रेरणा मिलोस भन्दै उज्वल भविष्यको कामना समेत मिडियाले गरेको छ ।

पत्रकार धमलाले उक्त सम्मानले आफुलाई पत्रकारिता क्षेत्रमा अझै बढि सक्रिय बनाएकोे बताएका छन् ।आगामी दिनमा सञ्चार माध्यम मार्फत सहि सुचना र समाचार प्रशारणमा थप जिम्मेवारका साथ अगाडि बढ्ने उनले बताए । राष्ट्र विकास तथा सामाजिक सेवामा आफु सधै तल्लीन रहने उनको भनाइ रहेको छ । उच्च मुल्याङ्कन गर्दै आफुलाई सम्मान गरेकोमा निगरानी दैनिक मिडियालाई धन्यवाद समेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्