भारि वर्षाले पोखरा, कमलपोखरी क्षेत्र डुबानमा
पोखरा, १६ साउन । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण देश भर डुबान तथा अस्त व्यस्त बनाएको छ । यस्तै पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले बताएका छन्।
आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्ष बरालको जानकारी दिए् । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं’ उनले भने, ‘मुख्य समस्या भनेको काहुँखोलाबाट आएको पानीले डुबानमा पारेको हो । उनले भने पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको छ । ’ पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो । पोखरा वर्षा बढि हुने स्थानमा पर्दछ ।







प्रतिक्रिया दिनुहोस्