वैदेशिक रोजगारलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराउने कार्यक्रम अगाडि बढ्योः मन्त्री कुंबर

काठमाडौं, १५ असार । श्रम तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवंरले वैदेशिक रोजगारलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराउने कार्यक्रम अगाडि बढाएको बताएका छन् । मन्त्री कुंबरले आज काठमाडौंमा भएको निगरानी दैनिक मिडियाको पहिलो वार्षिक उत्सव कार्यक्रममा सो कुरा बताएका हुन् ।

बैदेशिक रोजगारबाट कुलग्रास्थ उत्पादनमा २५ प्रतिशत योगदान रहेको उल्लेख गर्दै मन्त्री कुवंरले वैदेशिक रोजगारलाई व्यवस्थीत र मर्यादित बनाउन मन्त्रालय प्रतिवद्ध रहेको बताए । उनले नेपालमा श्रम रोजगारको समस्या विकराल अवस्थामा रहेकोले वैदेशिक रोजगारलाई रोक्न अझै करिब दुईदशक लाग्ने उल्लेख गरे ।
वैदेशिक रोजगारीमा दैनिक रुपमा विभिन्न किसिमका गुनासा र समस्या रहेको बताउच्ँदै उनले चुनौतीलाई सामना गर्न सबै तह र तप्काका व्यक्तिहरु प्रतिवद्ध हुनुपर्नेमा उनले जोड दिए । गलैचा उद्योग ुनचाँदी, इटा उद्योग, जुत्ता तथा चप्पल उद्योगहरुमा दक्ष नेपाली प्राविधिक उत्पादन नहुँदा अन्य देशबाट प्राविधिकहरु भित्र्याउनु पर्ने बाध्यता रहेको मन्त्री कुवंरले बताए । यसलाई न्यूनिकरण गर्दै लैजान वैदेशिक रोजगारबाट फर्केका नागरिकलाई दक्षता अनुसारको रोजगारी प्रदान गर्दै श्रममा जोड्नु पर्ने उनले बताए । उनले वैदेशिक रोजगारमा जाने श्रमीकलाई श्रमसम्झौतामा न्युनतमा पारिश्रमीक अनुसार कार्यान्वय नहुँदा ठुलो चुनौती रहेकोले यसलाइृ समाधानमा मन्त्रालय प्रतिवद्ध रुपमा लागेको बताए ।

सिप र पुँजी भएकालाई व्यवस्थापन गर्न सरकाले लोहनको व्यवस्था गरेको उल्लेख गरेको बताउँदै मन्त्री कुवंरले रोजगारी स्थापनाको निम्ति दातृ निकाय तथा स्थानीय तहसँग समन्वय गरि आगामी दिनमा रोगजारको समस्यालाई सहज बनाउँदै लैजानु पर्ने बताए ।
साथै उनले शिक्षालाई सिपमा , सिपलाई श्रममा र श्रमलाई उद्यममा रुपान्तरण गर्नु पर्नेमा जोड दिएका छन् । गैरआवासीय नेपाललीलाई नागरिकता प्रदानबाट आर्थिक क्रियाकलाप तथा लगानीको व्यवस्थापनमा सहज हुने विश्वास पनि उनले व्यतm गरे ।

यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आर्चायले वैदेशिक रोजगारलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराउँदा श्रमीक र राज्य दुबैलाई विषेश राहात हुने बताएका छन् । श्रम मन्त्रालयको समन्वयमा सामाजिक सुरक्षा कोष आवद्धता गर्न कार्य अगाडि बढिसकेको जानकारी पनि उनले गराए । गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया अगाडि बढेको र त्यसलाई संसदबाट पारित गरि छिटै अनुमोदन गर्न सरकारलाई आग्रह गरे । गैरआवासीय नेपालीका समस्या सावधान गर्न सबै एक हुनुपर्ने उनको भनाइ रहेको छ ।
त्यस्तै टानका अध्यक्ष खुम बहादुर सुवेदीले पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा लिन सरकारलाई आग्रह गरेका छन् । विकासको मेरुदण्ड मध्य पर्यटन एक मुख्य उद्योग भएकाले राष्ट्रिय उद्योगको रुपमा लीन उनले सरकारलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा विभिन्न संञ्चारकर्मी तथा प्राज्ञिक, उद्योगी, व्यवसायीहरुलाई सम्मान्न गरिएको थियो ।

सम्मानितहरुमा जनसवाल राष्ट्रिय दैनिकका रामजी बगाले, नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमला, राजधानि दैनिकका पत्रकार मधुजंग पाण्डे, शिवपुरी मिडियाका अध्यक्ष रविन प्रसाद थपलीया, पत्रकार सरोज ओझा लगाएत रहेका छन् । सौन्दर्यविद्ध सुश्मा महरा, एक्टीभ बिल्डर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टाई, कतार व्यव्यसायी संघका रमेश भट्ट, प्राज्ञिक राघव दुवाडी, जयमल्टिपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेल लगायतलाई ताम्रापत्र सहि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्