भारत एसियन कपमा छनोट

एजेन्सी । एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘ए’ मा लगातार चौथो खेल जितेको भारतले दुई खेल खेल्नु अघि नै २०१९ एसियन कपमा स्थान पक्का गरेको छ । बुधबार राती भएको खेलमा भारतले मकाउलाई ४–१ को फराकिलो गोल अन्तरले हराएको हो ।

भारतलाई खेलको २८ औं मिनेटमा रोलिंग बोर्गेसले अग्रता दिलाएका थिए । निकोलस टाराओले ३७ औं मिनेटमा मकाउलाई बराबरी दिएका थिए । त्यो मकाउको प्रतियोगितामा पहिलो गोल हो ।

भारतले दोस्रो हाफको ६० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई पुनः अग्रतामा फर्काए भने लाम सेङ्गको आत्मघाती गोलले भारतले ७० औं मिनेटमा अग्रता बलियो बनायो । जेजेले खेलको इन्जुरी समयमा गोल गर्दै भारतको जित सहज बनाएका थिए ।

२०११ मा अघिल्लो पटक एसियन कपमा एएफसी च्यालेन्ज कपको विजेता रुपमा भाग लिएको भारतको चौथौ सहभागिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्