गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लाग्यो : अध्यक्ष नेपाल

काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी *(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् ।

एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले गठबन्धनको गीत मात्रै गाउँदा स्थानीय तहमा अपेक्षा गरे अनुसारको नतिजा नआएको बताए ।

गठबन्धन भनेर मात्र नहुने र सबै बफादार हुनुपर्ने उल्लेख गरेका छन् । साथै नेता नेपालले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्