कारागारहरु खुला स्थानमा सारिन्छ : गृहमन्त्री खाँण
काठमाडौं , साउन १२ । गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँणले यस्तो बताउनुभएको हो ।
उहाँले अधिकांश कारागारहरु शहरको मध्य भागमा रहेको भन्दै ती कारागारहरुलाई ठूलो भू–भागमा स्थानान्तरण गर्ने तथा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको बताउनुभयो ।
उहाँले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरुलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्