भदौ १ देखि काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा लैजान नदिइने

काठमाडौँ , साउन १२ । बञ्चरेडाँडाका स्थानीयबासीले आउँदो भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि बिसर्जन गर्न नदिने घोषणा गरेका छन् ।

आज काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहदरबार र बागदरबारले सहमति कार्यान्वयनमा नगरेर षडयन्त्र गरेको भन्दै ल्याण्डफिल साइट सरोकार समितिले यस्तो घोषणा गरेको हो ।

समितिका संयोजक श्रीराम ढुंगाना र उप(संयोजक सनत उप्रेतीले ८ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै उक्त घोषणाबारे जानकारी दिएका हुन् । ल्याण्डफिल साइट सरोकार समितिका संयोजक ढुंगानाका अनुसार बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर ज्ञापनपत्र बुझाइएको थियो ।

विगतमा भएका सहमति कार्यान्वयनको पक्षमा लाग्ने मन्त्री चौधरीले बताएका थिए । संवेदनशील क्षेत्रमा बसोबास गरिरहेको बस्तीका मानिसहरुलाई चाँडोभन्दा चाँडो नसारे सधैँका लागि फोहोर लैजान नदिने चेतावनी समितिले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्