नेपाल कुनै सैन्य गठबन्धनको घेराभित्र पर्न चाहँदैन : अध्यक्ष नेपाल

काठमाडौं , साउन ११ ।  सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कुनै सैन्य गठबन्धनको घेराभित्र पर्न नचाहने बताएका छन् ।

आज (बुधबार) प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी सहयोग परियोजना एसपीपीबारेको छलफलका क्रममा उनले नेपाललाई सैन्य गठबन्धनभित्र तान्ने प्रयास गर्न र नेपालीलाई प्रयोग गर्छु भन्ने कुराबाट मुक्त हुन आग्रह गरे ।

अध्यक्ष नेपालले एसपीपी सम्झौता पूर्ववर्ती एक दलीय गठबन्धन सरकारले गरेको र अहिलेको गठबन्धन सरकारले सो सम्झौताका लागि पत्र नपठाउने निणर्य गरेकोले धन्यवाद दिन आग्रह गरेका छन् ।

उनले भने, ‘नेपालले आफ्नो परराष्ट्र नीतिमा पञ्चशीलका मान्यता अंगिकार गरेको छ । नेपालको छिमेकीविरूद्ध प्रहार गर्ने किसिमले कोही आउछ भने त्यसलाई स्वीकार गर्ने पक्षमा नेपाल छैन् ।’ उनले यो अडानमा नेपाल खुट्टा नकमाइ अगाडि बढ्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्