दिल्लीमा पुनः आरजुको राजनीतिक भेटघाट, चथाइवालेसँग संवाद

काठमाडौँ, साउन ११ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेसकी नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाबीच भेटवार्ता भएको छ ।

उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच आज ९बुधबार० भेटघाट भएको हो । छ महिनापछि दिल्लीमा भेटघाट भएको चौथाइवालाले बताएका छन् ।

नयाँ दिल्लीमा साउन ८ गते पाठेघरको शल्यक्रिया सकेलगत्तै आरजुको राजनीतिक दौड शुरु भएको हो । नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले चौथाइवालेलाई भेटेर राजनीतिक संवाद अघि बढाएकी हुन् । उनी करिब एक महिनादेखि दिल्लीमा छिन् ।

चौथाइवालेले भेटघाटको तस्विर आफ्नो ट्वीटरमा राखेका छन् । भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल भ्रमणमा आएको बेला आरजु देउवाले चौथाइवालेलाई राखी बाँधेकी थिइन् ।

हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाजपाको निमन्त्रणमा दिल्ली गएको बेला आरजु देउवाले पनि भेटघाट गरेका थिए । प्रचण्ड र देउवाबीच भएको भेटघाटलाई लिएर नेपालमा विभिन्न टिकाटिप्पणी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्