गृहमन्त्री खाँण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, साउन ११ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन्।

श्रेष्ठ निवास हात्तीवनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो।

‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो’, गृहमन्त्री खाँणले भने।

राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार निर्णयार्थ प्रस्तुत हुँदै छ। यहीबीच राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्री खाँणले भेट गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्