कर्मचारीले आफ्नो सम्पत्ति विवरण भदौसम्म पेस गर्नुपर्ने (पत्रसहित)

कठमाडौं, साउन १० । सरकारी कर्मचारीले आफ्नो सम्पत्ति विवरण भदौ महिनासम्म जानकारी गराउनुपर्ने भएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले हरेक मन्त्रालय र निकायहरुलाई पत्र लेख्दै सम्पत्ति विवरण पेस गर्न भनेको हो।

केन्द्रले लेखेको पत्रअनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले तोकेको अधिकारीसमक्ष पेश गर्न भनेको छ।

सो विवरण अख्तियार दुरुपयो अनुसन्धान आयोगमा पठाइने समेत केन्द्रले भनेको हो। केन्द्रको पत्रअनुसार अर्थ मन्त्रालयले आफूमातहतको निकायहरु महालेखा नियन्त्रक कार्यालय , मन्त्रालयको सचिवालय र महाशाखा, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका कर्मचारीलाई सम्पत्ति विवरण भर्न भनेको हो।

प्रतिक्रिया दिनुहोस्