गायिका दिलमायाका हत्या आरोपी श्रेष्ठ कारागार चलान

काठमाडौँ , साउन ८ । लोक गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आइतबार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्