निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा: प्रचण्ड

काठमाडौं , साउन ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले वर्तमान निर्वाचन प्रणालीका कारण गणतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ ।

आज ९सोमबार० पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गाउँपालिकाको निर्वाचन जित्न १० करोड खर्च गरेको सुनिएको बताउँदै उहाँले संघको निर्वाचन जित्न त अर्ब नै चाहिने अवस्था भएको बताउनुभयो ।

गरीबले निर्वाचन जित्नु सपना जस्तो भएको बताउँदै उहाँले जताततै दलालहरूले मात्रै जितेर आउने देखिएको बताउनुभएको छ । जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएपछि गणतन्त्र पनि धरापमा पर्ने उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्