झापाका तीन किशोरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान
काठमाडौं , साउन ८ । झापामा तीनजना किशोरी मृत्यु घटनामा आत्महत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनीहरू घरमा परिवारलाई घुम्न जाने भन्दै शनिबार दिउँसो १२ बजे हिँडेका थिए । तर, आज बिहान उनीहरू तीनैजना कचनकवल गाउँपालिका–५, बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले तीनजनाको मृत्यु आत्महत्याका कारण हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए ।
क्राइम सिन हेर्दा आत्माहत्या बाहेक अन्य कारण नभएको देखिन्छ । अहिलेसम्म कुनै कारण खुल्न सकेको छैन । घरपरिवारमा जानकारी गराएरै हामी घुम्न हिड्यौँ भनेर निस्किएका रहेछन् । अबेरसम्म नआएपछि खोजी सुरु भयो । बिहान झुन्डिएको अवस्थामा तीनजनाकै शव फेला पर्यो,” उनले भने ।
प्रहरीकाअनुसार परिवार तथा आफन्त कोही कसैसँग पनि उनीहरूको नराम्रो सम्बन्ध वा खटपट थिएन ।
प्रवक्ता पाठकले कचनकवल गाँउपालिका–५, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पंचम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी मृत भेटिएकी थिइन् ।
उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्