गठबन्धनको नाममा निरन्तर कांग्रेसको बलजफ्ती स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

काठमडैं, साउन ७ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा निरन्तर नेपाली कांग्रेसको बलजफ्ति स्वीकार्य नहुने बताएका छन्।

साथै, आफ्नो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्धामा सम्झौता नगर्न गम्भीर भएर सोच्नपर्ने उल्लेख गरेका छन्।

उनले शुक्रबार संसदबाट पारित भएको नागरिकता विधेयक पारित गर्दा अपनाइएको प्रक्रियामाथि आपत्ति जनाएका छन्।

नागरिकता जस्तो संवेदनशील बिषय सकभर राष्ट्रिय सहमतिको आधारमा हुनपर्ने श्रेष्ठको जोड छ।

एमसीसीलाई राष्ट्रिय हित अनुकुल नभएको भन्दै मतभेद हुँदाहुँदै पनि बाध्यात्मक रुपमा १२ बुँदे घोषणासहित अनुमोदन गरिएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्