नेमकिपाको प्रस्ताव : लिखित अन्तर्वार्ता पछि मात्रै नागरिकता

काठमाडौँ, साउन ६ । नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तर्वार्ता लिनु पर्ने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका तर्फबाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तर्वार्ता पछि मात्रै जन्मको आधारमा नागरिकता दिनु पर्ने प्रस्ताव गरेका छन् ।

‘नेपालमा जन्मेर मात्रै हुँदैन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देश प्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ वर्ष पछि र बेलायतमा ६ वर्ष पछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० वर्ष बसेकाले मात्रै नागरिकता दिने व्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तर्वार्ता दिनुपर्छ ।’

जारी बैठकमा सरकारले पेस गरेको नागरिकता विधेयकका बारेमा छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्