कमल थापा भन्छन- प्रदेश सरकारको आवश्यता छैन

काठमाडौं , साउन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी 9राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको आवश्यता नभएको बताउनुभएको छ ।

बलियो केन्द्रिय सरकार र स्थानीय सरकारलाई बढि अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यता नरहेको बताउनुभएको हो ।

बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताउनुभयो । अहिलेको निर्वाचन प्रणाली बढि खर्चिलो भएकाले पनि अब समानुपातिक निर्वाचन प्रणालीमा जान उपयुक्त हुने तर्क अध्यक्ष थापाले बताउनुभयो ।

अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरुबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने बताउनुभयो । उहाँले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको दावी समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्