जनताको समस्या समाधानमा सरकार बेखबर: प्रदीप ज्ञवाली

काठमाडौं , साउन ५ । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै ज्ञवालीले शैक्षिक सत्र शुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्‍याउन नसक्नु लज्जास्पद भएको बताउनुभयो ।

उहाँले सरकारको गैर जिम्मेवारपनले सबै जनतालाई आहत तुल्याएको भन्दै जनताको समस्या समाधान गर्ने गरेर जनतामा बढ्दो महंगीको राहतका प्याकेज उपलब्ध गराउने हिसावबाट रुलिङ गर्न सभामुख समक्ष आग्रह गर्नुभयो ।

सांसद ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले जनतासँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाउनुभयो । उहाँले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैर जिम्मेवार भएर बस्न नमिल्ने बताउनुभयो ।

सांसद ज्ञवालील गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो रु भन्दै प्रश्न गर्नुभयो । जनतालाई मलखाद र विद्यार्थीलाई पाठ्यपुस्तक दिन नसक्ने सरकारसँग हतियारमा खर्च गर्नु लज्जाको विषय भएको उहाँले बताउनुभयो ।

सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै जनताका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्