नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

काठमाडौं, साउन ३ । आईसीसी लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणामक सिरिजका लागि स्कटल्याण्ड भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्केको छ।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले आफुले जे सोचेर गएको थियो त्यसमा सफल भने हुन भने नसकेको बताए।सन्दीपले आफूलाई कप्तानको रुपमा भन्दा पनि खेलाडीको रुपमा आगाडि राख्ने बताए।प्रशिक्षक परिवर्तनको विषयमा यस्तो कुरा आउनु स्वभाविक रहेको उनको भनाइ छ।

आइसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नामिबिया र स्कटल्याण्डसँग ४ खेल खेलेको थियो। सिरिजका ४ खेलमध्ये ३ खेल जित्ने लक्ष्यमा स्कटल्याण्ड भ्रमणमा गएको नेपाली टोलीले एक खेलमा मात्र जित निकालेको थियो।

नेपाल नामिबियासँग ६३ र ४० रनले पराजित भएको थियो। स्कटल्याण्डलाई एक खेलमा ५ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो। अर्को खेलमा भने ८ विकेटको फराकिलो हार व्यहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्