दुई करोड घुस ‘अफर’ गर्ने अधिवक्ता पोखरेललाई मागियाे सात दिने स्पष्टिकरण
काठमाडौं, साउन ३ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई दुई करोड घुसको प्रलोभन देखाउने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले स्पष्टिकरण सोधेको छ ।
परिषद्ले आज (मंगलबार) एक सार्वजनिक सूचना जारी गर्दै पोखरेललाई सात दिने स्पष्टिकरण सोधेको हो । सात दिनभित्र जवाफ पेश गर्न परिषद्ले सूचित गरेको छ । सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई दुई करोड घुस अफर गरेको टेलिफोन वार्ता सार्वजनिक भएको थियो ।
सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्