प्रचण्ड र बाबुराम भट्टराईबीच एक घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं, साउन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईबीच शनिबार एक घण्टा बढी छलफल भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच एक घण्टा छलफल भएको हो।

पछिल्ला दिन जसपा पुनर्गठन अभियानमा लागेका बाबुरामले समाजवादी केन्द्र बनाउने प्रस्ताव अघि सारेका छन्।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा दुई चरण प्रचण्ड–बाबुराम छलफल भएको थियो।त्यसबेलाको छलफल सकारात्मक रहेको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्