स्कटल्याण्डसँगको खेलमा ३ खेलाडी परिवर्तन

काठमाडौं , साउन १ । आईसीसी क्रिकेट विश्वकप लिग टुमा भइरहेको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

नेपालले वसिर अहमद र आदिल आलमको ठाउँमा करण केसी र किशोर महतोलाई खेलाएको छ । त्यस्तै पवन सर्राफको स्थानमा विनोद भण्डारीले खेल्दैछन् ।

स्कटल्याण्डले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डलाई अघिल्लो खेलमा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्