कोरोनाबाट एकको जनाको मृत्यु, थप १३५ जनामा संक्रमण

काठमाडौँ , साउन १ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका ३,०४१ नमूनामा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभरबाट १,४७३ नमूनाको पीसीआर र १,५६८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ११४ जना र एन्टिजेन विधिबाट २१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोनाबाट एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५३ जनाले ज्यान गुमाइसकेका छन् ।

आज थप ५९ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १,४३९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्