मोदीसँग भेट नगरी स्वदेश फर्किंदै प्रचण्ड , किन मानेनन् भेटेन मोदीले ?

काठमाडौं, साउन १ । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन्।

उनले मोदीसँग पनि भेट्ने बताइएको थियो। तर भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि प्रचण्ड स्वदेश फर्कन लागेका छन्।

नड्डासँगको भेटमा अध्यक्ष दाहालले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन्।

भ्रमणमा सँगै रहेका दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नै भारत भ्रमणमा गएका हुन्। आफ्नो भ्रमण फलदायी भएको प्रचण्डले बताएका छन्। उनी गत शुक्रबार नयाँ दिल्ली गएका थिए।

प्रतिक्रिया दिनुहोस्