प्रेमीको अगाडि उखुबारीमा युवतीमाथि ‘सामूहिक बलात्कार’

काठमाडौं , साउन १ । कञ्चनपुरस्थित उखुबारीमा एक युवतीमाथि ‘सामूहिक बलात्कार’ भएको छ । गएको असार २३ गते पुनर्वास नगरपालिका–५ स्थित उखुबारीमा प्रेमीको अगाडि तीनजनाले सामूहिक बलात्कार गरेका हुन् ।

प्रहरीका अनुसार पुनर्वास नगरपालिका–९, ‘ख’ गाउँका सुशील विष्ट र सोही नगरपालिकाकी २० वर्षीया युवती प्रेमसम्बन्धमा थिए । उनीहरू भागी विवाह गर्ने योजनाअनुसार मोटरसाइकलमा निस्किएका थिए ।

प्रेमीले युवतीलाई आफ्नो घर धनगढीमा रहेको बताएका थिए । साँझको समयमा विष्ट र उनकी प्रेमिकालाई तीनजनाको समूहले पिछा गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

सुरुमा विष्ट र उनकी प्रेमिका आपत्तिजनक अवस्थामा उखुबारीमा भेटिएपछि तीनजनाले फोटो र भिडियो खिच्दै ‘ब्ल्याकमेल’ गरेर पालैपालो बलात्कार गरेको पनि खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले घटनाको पुष्टि गरे । उनले भने, “तीनजनाको समूहले जोडीको पिछा गरेको रहेछ । उनीहरूले जोडीले उखुबारीमा यौनसम्पर्क राखेको देखेपछि विष्ट र युवतीलाई धम्काएर बलात्कार गरेका रहेछन् ।” प्रहरीका अनुसार उनीहरूले आफूहरूसित शारीरिक सम्पर्क नराखे फोटो र भिडियो सार्वजनिक गरिदिने धम्की दिएका थिए ।

पीडित २० वर्षीया युवतीले असार ३० गते प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितकै उजुरीका आधारमा प्रेमी सुशीलसहित घटनामा संलग्न खेमप्रसाद जैसी, लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैलाई शनिबार ९हिजो० पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्