उपसभामुखको निर्वाचन सुरु, भुसाल विजयी हुने निश्चित

काठमाडौं, असार ३१ । प्रतिनिधि सभाको उपसभामुख पदको लागि निर्वाचन सुरु भएको छ।

उपसभामुखमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल र एमालेकी विद्या भट्टराई उम्मेदवार छन्।

संसद भवन नयाँ बानेश्वरमा अहिले मतदान जारी छ। सत्ता गठबन्धनको साथ भएकाले भुसाल विजयी हुने निश्चित छ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी भुसाललाई माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलको साथ छ।

एमालेकी भट्टराईलाई राप्रपा र मजदूर किसान पार्टीको समर्थन छ। संसदमा एमालेको ९८ र स्वतन्त्रको २ मत छ।

प्रतिक्रिया दिनुहोस्