साम्पाङलाई भेटेर रविले भने- जनताको एकदम अपेक्षा छ, राम्रो गर्नुहोला

काठमाडौं, असार ३१ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेका छन्। धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा शुक्रबार लामिछानेले साम्पाङलाई भेटेका हुन्।

भेटका क्रममा लामिछानेले साम्पाङलाई भने, ‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो। तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ।,’

पार्टी निर्माणका लागि देश दौडाहामा रहेका रवि झापाको भेला सकेर सुनसरी भेलाका लागि बिहीबार नै धरान पुगेका हुन्। आज नै राष्ट्रिय स्वतन्त्र पार्टीले धरानमा कार्यक्रम गरेको छ।

प्रतिक्रिया दिनुहोस्