संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सत्ता गठबन्धन सहमत
काठमाडौं, असार ३१ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सहमत भएको छ।
मन्त्रिपरिषद्ले विधेयक पास गर्नुअघि कानुनमन्त्री गोविन्द बन्दीले संशोधन विधेयकबारे गठबन्धन नेतृत्वले ब्रिफिङ गरेका थिए।
‘कानुनमन्त्रीले सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्ने गरी विधेयक बनेको भन्नुभएको छ,’ गठबन्धनका एक नेताले भने, ‘मन्त्रिपरिषद्ले पास गरेपछि संसद्मा दर्ता हुन्छ।’
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको म्याद असार ३२ मा सकिँदै छ।
प्रतिक्रिया दिनुहोस्