प्रधानमन्त्रीले नै मागे गभर्नरको राजीनामा
काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले गभर्नरको विषय उठाएका थिए ।त्यसक्रममा प्रधानमन्त्री ओलीले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।
प्रधानमन्त्रीले हिजो गभर्नर महाप्रसाद अधिकारीसँग पछिल्लो विवादको विषयमा बुझ्ने काम समेत गरेका थिए । पछिल्लो समय गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने आवाज उठीरहेको छ ।
प्रतिक्रिया दिनुहोस्