प्रतिनिधिसभाको बैठक बस्दै: नागरिकता विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिँदै
काठमाडौँ , असार ३१ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय छ । ११ औं अधिवेशनको ४१औं बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।
आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
।
प्रतिक्रिया दिनुहोस्